प्रहरीद्धारा नेपालगन्जबाट अवैध औषधि बरामद

    • स्वास्थ्य पेज

  • १ फाल्गुन २०८१, बिहीबार

नेपालगन्जः बाँके प्रहरीले नेपालगन्जबाट अवैध औषधि बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–११ टांगा स्टेसन नजिकैबाट अवैध औषधि बरामद गरिएको बाँकेका एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

विशेष सूचनाको आधारमा खटिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोली र वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले भारतबाट ल्याइएका २६ थरिका औषधिसहित नेपालगन्ज उपमहानगरपालिका १ का ३५ वर्षीय सन्जिव गुप्तालाई पक्राउ गरिएको एसपी कार्कीले बताए ।

उनले बरामद औषधि भएको औषधि तीन लाख १४ हजार ४ सय रुपैयाँ बराबरको भएको जानकारी दिए । भारतबाट अवैध रुपमा ल्याएर भण्डारण गरि बाँके, बर्दिया, दाङ, सल्यान, सुर्खेत, दैलेख, जाजरकोटा, जुम्ला, हुम्ला लगायतका जिल्लामा विक्रि गर्दै आएको सूचनाको आधारमा छापा मार्दा अवैध औषधि भण्डारण गरिएको अवस्थामा फेला पारिएको उनले बताए ।

बरामद औषधि अवैध रुपमा भारतबाट नेपाल ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए । नेपाल विक्रि गर्न नपाइने प्रतिवन्धित औषधि समेत बरामद भएको बताउँदै उनले थप अनुसन्धान भइरहेको जानकारी दिए ।

  • १ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech