केयर सिटी हस्पिटलमा आज र भोलि बालबालिका सम्वन्धी जटिल खालको उपचार

    • स्वास्थ्य पेज

  • १८ माघ २०८१, शुक्रबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका १८ स्थित भुजइँगाउँमा रहेको केयर सिटी हस्पिटलले बारम्बार विरामी भइरहने र रोग पत्ता नलागेका (क्यान्सर) रोग बाहेकका बालबालिकाहरुको उपचार र परामर्श सेवा दिन थालेको छ ।

लामो समयदेखि यस्तै रोगको पहिचान, उपचार र निदानमा संलग्न बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराईलाई केयर सिटीले बोलाएर आज र भोलि विशेष सेवा दिन लागेको हो ।

बालबालिकामा बढ्दो उमेरसँगै थुप्रै शारीरिक, मानसिक परिवर्तन देखापर्छन्। यही क्रममा कतिपय बच्चामा आनीबानी, हाउभाउ, जीवनशैलीमा केही असहज लाग्ने लक्षण देखिन सक्छन्। बालबालिकालाई एउटै रोग बल्झिरहनु घातक मानिन्छ।

नेपालका एकमात्र डिएम बाल इम्युनोलोजिष्ट तथा न्युमाटोलोजिष्ट डा. भट्टराईले आज र भोलि केयर सिटीबाट सेवा दिने अस्पातलका म्यानेजर सन्तोष शाहले जानकारी दिए ।

बालबालिका र किशोर किशोरीमा अनावश्यक औषधिको प्रयोगले गर्ने हानी र सही औषधि कसरी छनोट गर्नेलगायतका विषयमा समेत डा. भट्टराईले परामर्शसँगै उपचार सेवा प्रदान गर्नेछन् ।

  • १८ माघ २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech