बारबर्दियामा ब्रिनोजको कान स्वास्थ्य शिविर

    • स्वास्थ्य पेज

  • १५ माघ २०८१, मंगलवार

नेपालगन्जः ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जले बर्दियाको बारबर्दिया नगरपालिकामा प्राथमिक कान उपचार शिविर सुरु गरेको छ ।

वडा नं.१ आधारभूत स्वास्थ्य केन्द्र जोधिपुरबाट शिविर सुरु गरिएको आउट रिच इन्भार्ज भीषण थारुले जानकारी दिए । सोमवार जोधिपुरमा ११० जनाको कानको चेकजाँच गरिएको थियो ।

यसैगरी मंगलवार वडा नं.२ स्थित आधारभूत स्वास्थ्य केन्द्र कुमरागाउँमा शिविर गरिएको छ । उक्त शिविरमा १२१ जनाको कानको चेकजाँच गरिएको थियो । त्यसमा २१ जनामा कान पाक्ने समस्या देखिएको छ ।

७ जनालाई भने थप उपचार लागि रिफर गरिएको उनले बताए । भीषणसँगै अर्का कान सहायक चिकित्सक तिर्थमान थारुले कान चेकजाँच गरेका थिए ।

आउट रिच इन्चार्ज भीषणका अनुसार बारबर्दिया नगरपालिकाका ११ वटै वडामा शिविर हुनेछ १६ र १७ गते शिविर नहुने र १८ गतेदेखि पुनः नियमित गरिने उनले बताए । शिविर २८ गतेसम्म चल्नेछ ।

  • १५ माघ २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech