नेपालगन्जः आज ७२ औं विश्व कुष्ठरोग दिवस । बाँकेमा कृष्ठरोग निवारणमा टेवा पु¥याउने उद्देश्यका साथ विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । दिवसको अवसरमा स्वास्थ्य कार्यालय बाँके, विराट नेपाल मेडिकल ट्रष्ट (बिएनएमटी) नेपाल, नेपाल कुष्ठरोग निवारण संघ, टिवी नेपाल, आइएनएफ लगायतका संघसंस्थाहरुले आइतवार विहान विरामीहरुलाई फलफुल तथा न्यानो कपडा वितरण गरेका छन् ।
जानकी गाउँपालिका वडा नं.३ स्थित साइनिङ अस्पतालका बिरामीहरुलाई फलफुल तथा न्यानो कपडा वितरण गरिएको बिएनएमटी नेपालका प्रदेश कार्यक्रम संयोजक दिपेन्द्र पाण्डेले जानकारी दिए । ७२ औं विश्व कुष्ठरोग दिवस भब्यरुपमा सफल पारौं, एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी बनौं भन्ने नाराका साथ दिवस मनाइँदैछ ।
बिएनएमटी नेपालले साइनिङ अस्पताल र सिएम डिएनसँगको सहकार्यमा बाँकेमा एaसिसिइएलइ आरएटिइ परियोजना संचालन गरेको छ । उक्त परियोजना लियो फाउन्डेसनको आर्थिक सहयोगमा भइरहेको पाण्डे बताउँछन् । उनका अनुसार परियोजना अन्तर्गत कुष्ठरोगी प्रभावित व्यक्तिहरुको छालाको नमुना संकलन गरी जिन स्क्विन्सीङका लागि सिएमडिएन काठमाडौंमा पठाउने गरिएको छ । अहिलेसम्म १२ जनाको नमुना काठमाडौं पठाइएको उनले बताए । समुदायमा लुकेर बसेका सम्भावित कुष्ठ रोगीहरुको सक्रिय खोजपड्ताल गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको पनि पाण्डेले बताए ।