सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्दार

    • स्वास्थ्य पेज

  • ३ माघ २०८१, बिहीबार

मुगु: मुगुको छायानाथ रारा नगरपालिकाका एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ।  सुत्केरीको पेटमा रहेको शिशुलाई सर्जरी गरेर निकाल्नुपर्ने भएपछि उनलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

बुधबार रातिबाट सुत्केरी बेथा लागेपछि बिहीबार बिहानै जिल्ला अस्पतालमा सुत्केरी गराउन पुगेकी छायाँनाथ रारा नगरपालिका-१३ लुमा गाउँकी २५ वर्षीया ठुमा खड्कालाई जिल्लामा सुत्केरी गराउन नसकिने भएपछि सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

जिल्ला अस्पताल ठिनी मुगुमा आइसीयु कक्षाको व्यवस्था नभएका कारण सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा लगिएको छ। जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीका अनुसार उद्धार गरिएकी महिलाको दुई वर्षअघि पनि सर्जरी गरेर बच्चा निकालिएको थियो।

जिल्ला अस्पतालमा सुत्केरी र बच्चाको चेकजाँच गर्दा बच्चा पाठेघरमा उल्टो अवस्थामा रहेको र बच्चाले दिसा खाइसकेको हुनसक्ने भएकाले सर्जरी गरेर बच्चा निकाल्नुपर्ने भएपछि रेफर गरिएको प्रमुख डाक्टर नगरकोटीले बताए।

 

  • ३ माघ २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech