३२ किमि टाढा बसेर टेलिरोबोटिक्स प्रबिधिबाट मुटुको शल्यक्रिया

    • स्वास्थ्य पेज

  • ३ माघ २०८१, बिहीबार

नेपालगन्जः भारतका एक चिकित्कसले ३२ किलोमिटर टाढा रहेका बिरामीको शल्यक्रिया गरेका छन्। अन्तर्राष्ट्रिय रुपम चर्चित हृदयरोग विशेषज्ञ डा तेजस पटेलले भारतको गान्धीनगरमास्थित अक्षरधाम मन्दिरबाट ३२ किमि टाढा रहेको एपेक्स अस्पतालमा रहेकी एक महिला बिरामीको शल्यक्रिया गरेका हुन्।

उनले संसारकै पहिलो टेलिरोबोटिक कार्डियोभास्कुलर स्टेन्ट शल्यक्रिया गरि इतिहास रचेका हुन्। बढ्दै गएको प्रविधिको मद्दतले उनले संसारकै पहिलो मानव टेलिरोबोटिक कोरोनरी इन्टरभेन्सन मार्फत् महिला बिरामीमा शल्यक्रिया गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

डा पटेलले केही दिन पहिले उक्त महिलालाई हृदयघात भएपछि अवरोध हटाउने शल्यक्रिया गरेका थिए। बुधवार उनलाई पुनः अर्को अवरोध देखिएको थियो। यसै क्रममा डा पटेलले गान्धीनगरस्थित अक्षरधाम मन्दिरबाट एपेक्स हर्ट इन्स्टिच्युट, अहमदाबादमा रहेको महिला बिरामीको शल्यक्रिया गरे।

केही मिनेट लामो शल्यक्रियामा डा पटेलले टेलिरोबोटिक्स प्रविधिको उपयोग गरे। रोबोटिक सिस्टम अपरेशन थिएटरमा राखिएको थियो र उनले उच्च गतिको इन्टरनेटको माध्यमबाट मन्दिरबाट उक्त प्रणालीलाई सञ्चालन गरे। मन्दिरबाट बटन चलाउँदै, बिरामीको धमनी सफा गरी एक स्टेन्ट राखियो। शल्यक्रियाको दौरान, कुनै आपत्ति हुन सक्छ भनेर सो अस्पतालमा चिकित्सक र प्यारामेडिकल टिम उपस्थित थिए।

डा पटेलले अपरेशन पछि भने-‘महिलालाई हालै हृदयघात भएको थियो र एक धमनीमा पहिले शल्यक्रिया गरिएको थियो। आज हामीले दोस्रो धमनीमा ब्लक हटाएर स्टेन्ट राख्यौं। यो इतिहास बनाउने कार्य मैले एउटा सानो श्रद्धाञ्जलीको रूपमा प्रमुख स्वामी महाराजको प्रति अर्पित गरेको हुँ।’

यो पहिलो किसिमको शल्यक्रिया १९८६ मा भएको पहिलो स्टेन्ट शल्यक्रिया पछि ३२ वर्षपछि भएको हो। यो इन्टरनेट सक्षम रोबोटिक हातको प्रयोग गरेर गरिएको थियो, जसकारण पटेलले बिरामीबाट टाढा नै भए पनि शल्यक्रिया गरे। उनले ३०० भन्दा बढी रोबोटिक शल्यक्रिया गरिसकेका छन् र यो पहिलोपटक पूर्ण रूपमा प्रत्यक्ष शल्यक्रिया गर्न आफूमाथि विश्वास राख्दै चुनौती स्वीकार गरेका छन्।

  • ३ माघ २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech