के चिनीले बच्चाहरूलाई ‘हाइपरएक्टिभ’ बनाउँछ ?

    • डा. बाबुराम पाण्डे / बालरोग विशेषज्ञ

  • ३ माघ २०८१, बिहीबार

धेरै चिनी तथा गुलियो खानेकुराको सेवन कसैको लागि राम्रो हुँदैन । चाहे त्यो बच्चा, वयस्क वा वृद्ध नै किन नहोस् ! पछिल्लो समय त चिनी मिसिएको खानेकुरा अत्याधिक खाँदा बच्चामा हाइपरएक्टिभ हुने सम्भावना बढ्ने अध्ययनहरुले दावी समेत गरेको छ ।

के वास्तवमै चिनीले बच्चाहरूलाई ‘हाइपरएक्टिभ’ बनाउँछ ?

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार चिनीको सेवनले शरीरको ऊर्जा १० प्रतिशतले बढाउँछ । त्यसैले चिनीले एनर्जी लेभल बढाउँछ जसले गर्दा बच्चाहरूलाई अझ फुर्तिलो महसुस हुन्छ । तर यसले तिनीहरूलाई हाइपरएक्टिभ बनाउँदैन ।

ऊर्जा स्तरमा वृद्धि पनि छोटो अवधिको लागि मात्र हुन्छ । यद्यपि, यदि बच्चालाई पहिले नै एडीएचडी (अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर) छ भने चिनीले यसको प्रभाव अलिकति बढाउन सक्छ ।

यस्तो अवस्थामा  पनि बालबालिका बढी हाइपरएक्टिभ हुन सक्छन् । तर यो छोटो समयको लागि मात्र हुन्छ ।

चिनीको हानिकारक प्रभाव

मोटोपन र तौल वृद्धि

चिनीयुक्त खानेकुराले बालबालिकाको तौल बढाउँछ । बच्चाहरू प्रायः क्यान्डी, बिस्कुट वा सफ्ट ड्रिङ्क जस्ता चिजहरू खान्छन् । यसले उनीहरूको क्यालोरीको मात्रा बढाउँछ । जसका कारण तौल बढ्नु स्वाभाविक हो ।

यस बाहेक क्यालोरी बढेका कारण बालबालिकाले धेरै पोषकतत्व पाउन सक्दैनन् । यदि बच्चाहरूले धेरै चिनीको सेवन गरिरहन्छन् भने यसले उनीहरूमा मोटोपनाको समस्या निम्तन्छ ।

मोटोपनाकै कारण टाइप–२ मधुमेह, उच्च रक्तचाप र हृदय रोग जस्ता समस्या निम्तिने जोखिम पनि बढ्छ ।

दाँतको समस्या

दाँतको समस्या प्रायः बालबालिकामा देखिन्छ । आमाबाबुले आफ्ना छोराछोरीलाई चिनीयुक्त चिजहरू जस्तै मिठाई, चकलेट वा चिसो पेय पदार्थबाट लामो समयसम्म टाढा राख्न सक्दैनन् । जसका कारण बालबालिकामा दाँतको समस्या हुन्छ ।

यस्तो अवस्थामा उनीहरूमा दाँत दुख्ने वा दाँतको संवेदनशीलता जस्ता समस्या हुन्छन् । उचित ध्यान दिइएन भने उनीहरूको दाँत पनि सड्न सक्छ ।

टाइप–२ मधुमेहको जोखिम

धेरै चिनी खाएमा बालबालिकाको शरीरले इन्सुलिनले (शरीरमा रगतमा चिनीलाई नियन्त्रण गर्ने) राम्रोसँग प्रयोग गर्न सक्दैन, जसले विस्तारै मधुमेह गराउन सक्छ ।

यो समस्या उमेरसँगै बढ्दै जान्छ र शरीरमा लक्षण देखिन थाल्छ । यही कारणले गर्दा आजकल बालबालिकामा मधुमेहका बिरामी बढी देखिन थालेका छन् । पहिले यो समस्या उमेर बढ्दै जाँदा मात्रै हुन्थ्यो ।

हृदयको समस्या

धेरै चिनीको सेवनले बच्चाहरूको मुटुको स्वास्थ्यलाई असर गर्न सक्छ । एएसए जर्नलमा प्रकाशित रिपोर्टका अनुसार अत्यधिक चिनीको सेवनले शरीरमा उच्च रक्तचापको समस्या निम्तिन्छ र जसका कारण शरीर सुन्निन थाल्छ ।

शरीर सुन्निएका कारण शरीरमा रगत जम्न थाल्छ, जसले बच्चाहरूमा मुटुको समस्या निम्त्याउन सक्छ ।

 मूड स्विंग

चिनी वा चिनीयुक्त खानेकुरा खाएपछि बच्चाहरूलाई केही समयको लागि राम्रो लाग्छ । तर चिनीको प्रभाव कम हुने बित्तिकै उनीहरूलाई चिडचिडापन वा थकान महसुस हुन सक्छ । यदि यो लामो समयसम्म हुन्छ भने, बच्चालाई मूड स्विंगको समस्याले लामो समयसम्म सताउन सक्छ ।

पाचनमा असर

बच्चाहरूमा धेरै चिनीको सेवनले खराब पाचन, पेट दुख्ने, ग्यास वा कब्जियत जस्ता समस्या निम्तन सक्छन् । विशेषगरी फास्ट फुड र प्रशोधित खानाहरू उपभोग गर्दा पाचनको समस्या बढ्न सक्छ ।

सबै खानेकुरामा पाइने चिनी हाइड्रोजनयुक्त हुन्छ र रोग प्रतिरोधात्मक क्षमता पूर्ण रूपमा विकसित नभएका बालबालिका सजिलै पेट सम्बन्धी समस्याको सिकार हुन्छन् ।

प्रतिरक्षा प्रणालीमा असर

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको प्रतिवेदनका अनुसार धेरै चिनीको सेवन (बालबालिकामा धेरै चिनीको प्रभाव) ले शरीर सुन्निन्छ र रगतलाई थप गाढा बनाउँछ । जसका कारण शरीरमा थप दबाब पर्छ । यसले गर्दा शरीरका सबै अङ्गले बढी काम गर्न थाल्छ र प्रतिरक्षा प्रणालीले पनि त्यस्तै गर्छ ।

यदि प्रतिरक्षा प्रणाली पूर्ण रूपमा विकसित नभएको अवस्थामा अझ कडा परिश्रम गर्नुपर्छ  । यस्तोमा कमजोर हुने सम्भावना अझ बढ्छ । जसका कारण बालबालिका कुनै पनि रोग र सङ्क्रमणको सिकार हुन सक्छन् ।

एक दिनमा कति चिनी खानुपर्छ

चिनी शरीरका विभिन्न भागहरू ठिकसँग काम गर्नको लागि धेरै महत्वपूर्ण हुन्छ । चिनी हाम्रो खानाको पाचन, मस्तिष्क स्वास्थ्य वा शरीरमा आवश्यक ऊर्जाका लागि पनि उपयोगी हुन्छ । तर यसको प्रयोग एक निश्चित मात्रामा मात्र उपयुक्त हुन्छ । अन्यथा यसको साइड इफेक्ट हुन सक्छ ।

बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार एक वयस्क व्यक्तिले दिनमा ५० ग्राम मात्रै चिनी खानुपर्छ ।

बालबालिकामा यसको मात्रा कम हुन्छ । बच्चाले एक दिनमा २५ ग्राम भन्दा कम चिनी उपभोग गर्नुपर्छ । २५ ग्राम चिनी पनि अन्य खानाबाट प्राप्त हुने भएकोले दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई अतिरिक्त चिनी दिनुपर्दैन ।

  • ३ माघ २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech