नेपालगन्जः नेपालगन्जस्थित संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा.रोमन किदाई पाएका छन् । संजिवनी कलेज अफ मेडिकल साइसेन्सले डा.किदवाईलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी प्रदान गरेको हो । प्रालिले माघ मसान्तभित्र आवेदन दिन पाउनेगरी विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्टार्फ नर्सलगायत करिव ९ सय जनशक्ति माग गरेको छ । तीन सय शैया अस्पताल संचालनका लागि उक्त जनशक्ति माग गरिएको संजिवनीले जनाएको छ ।
तत्कालीन नेपालगन्ज मेडिकल कलेजको नाम परिवर्तन गर्दै उक्त अस्पताललाई व्यवस्थापन पक्षले संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि कायम गरिएको जनाएको छ । सोहीअनुसार पुष १५ गते साँझ नेपालगन्ज मेडिकल कलेजको वोर्ड हटाएर व्यवस्थापन पक्षले संजिवनीको वोर्ड झुन्ड्याएको थियो । आन्दोलनरत मेडिकल कलेजका कर्मचारीहरुले त्यसको ५ दिनपछि संजिवनीको वोर्ड हटाएर पुनः नेपालगन्ज मेडिकल कलेजको वोर्ड झुन्ड्याएका छन् ।
कर्मचारीहरुले गएको मंसिर २६ गतेदेखि तलववृद्धि लगायतका माग राखेर आन्दोलन गरिरहेकै बेला अस्पतालको नाम हेरफेर भएको हो । लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तरगत अव कोहलपुरमा मात्रै नेपालगन्ज मेडिकल कलेज कोहलपुर र चिसापानी कायम भएको छ । नेपालगन्ज मेडिकल कलेजको ५० प्रतिशत भन्दा बढी शेयर मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले किनेको ८ महिनापछि कलेज व्यवस्थापनले अस्पताललाई नयाँ ढंगबाट संचालनको तयारी सुरु गरेको हो । नेपालगन्ज मेडिकल कलेजका सह निर्देशक डा.किदवाईलाई संजिवनीमा व्यवस्थापनको जिम्मेवारी थप भएसँगै नयाँ अस्पताललाई व्यवस्थित तरिकाले संचालन गर्ने गरी काम गरिने किदवाईले बताए ।