कमजोर स्वास्थ्य क्षेत्र सुधार गर्न विशेष अनुदान र लगानी

    • स्वास्थ्य पेज

  • २८ पुष २०८१, आईतवार

नेपालगन्जः लुम्बिनी प्रदेशमा मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण, किशोरीमा रक्तअल्पता जस्ता स्वास्थ्य समस्या अन्य प्रदेशको तुलनामा उच्च रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

स्वास्थ्य व्यवस्थापन र जिल्ला स्वास्थ्य सूचना प्रणाली–२ को तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा १ लाख जीवित जन्ममा २०७ जना आमाको मृत्यु हुने गरेको देखिएको छ। यो संख्या अन्य प्रदेशको तुलनामा उच्च हो ।

स्वास्थ्यमा सुधार ल्याउन प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ मा महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य र पोषण सुधारका लागि नयाँ कार्यक्रम सुरु गरेको छ।

तथ्याङ्कका आधारमा बनाइएका योजनाहरू दिगो र प्रभावकारी हुने भएकाले योजना छनोट, कार्यान्वयन र मूल्याङ्कन गर्न तथ्याङ्कलाई आधार मानिएको प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता नोदनारायण चौधरीले बताए।

प्रदेश सरकारले कमजोर स्वास्थ्य क्षेत्र सुधार गर्न विशेष अनुदान र लगानी गरेको छ। महिला, बालबालिका, किशोरीका लागि पोषण सुधार, सचेतना कार्यक्रम, र स्वास्थ्य सुविधामा सहज पहुँचको पहल भइरहेको छ।

  • २८ पुष २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech