डा केसीको समर्थनमा आवासीय चिकित्सकहरु आन्दोलनमा

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०७७, सोमबार

काठमाडौं १९, असोज ।
चिकित्सा शिक्षा सुधारको माग गर्र्दै २२ दिनदेखि अनशनरत डा गोविन्द केसीको सर्मथन गर्दै आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।

डा केसीको माग पूरा गर्न दबाब दिनको लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले सोमबारदेखि दैनिक दुई घन्टा इमर्जेन्सी र कोभिड उपचारबाहेकका अन्य सेवा ठप्प बनाएका छन्।

सरकारले २४ घन्टा भित्रमा वार्ता टोलीको गठन नगरेमा थप कडा रुपमा प्रस्ततुत हुने उनीहरुको चेतावनी छ । २२ दिनदेखि आमरण अनशनमा रहेका केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

  • १९ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech