माग राखेर अस्पताल बन्द नगर्न नेपालगन्ज मेडिकल कलेजका कर्मचारीलाई प्रदीप पौडेलको निर्देशन

    • स्वास्थ्य पेज

  • ८ पुष २०८१, सोमबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीहरुलाई माग राखेर अस्पताल वन्द नगर्न निर्देशन दिएका छन् । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठन÷संघ÷युनियन केन्द्रीय कमिटीको नेतृत्वमा आन्दोलनरत कर्मचारीहरुको सोमवार नेपालगन्जमा ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले माग राखेर अस्पताल बन्द नगर्न निर्देशन दिएका हुन् ।

उनले भने–‘संस्था रहे मात्रै कर्मचारी र अस्पताल रहने हो । त्यसैले उपचार र अस्पताल बन्द गरेर माग नराख्न आग्रह गर्दछु ।’ मन्त्री पौडेलले कर्मचारीहरु आफ्ना मागहरु राखेर संगठित हुने, आन्दोलन गर्ने कुरा जायज भएको बताए । मन्त्री पौडेलले कर्मचारीहरुले उठाएका जायज मागहरुको सम्वोधनको लागि आफ्नो तर्फबाट अस्पताल व्यवस्थापन पक्षसँग छलफल गरिने प्रतिबद्धता समेत जनाए ।

सरकारको नियम र कानुनले प्रदत्त गरेको अधिकार अस्पताल प्रशासनले कार्यान्वयन गर्नुपर्नेमा मन्त्री पौडेलको जोड थियो । श्रम ऐनले निर्धारण गरेको न्युनतम पारिश्रमिक अनिर्वाय रुपमा पाउनु पर्नेमा सरकार स्पष्ट रहेको पनि मन्त्री पौडेलले बताए । ‘अस्पताल प्रशासनले कर्मचारीले उठाएका मागहरु अस्पतालको आम्दानीसँग पनि जोडिएकाले त्यसलाई पनि सम्वोधन गर्ने गरी हेरिदिनु पर्यो भन्नुभएको छ मन्त्री पौडेलले भने–‘तर श्रम ऐनले निर्धारण गरेको न्युनतम पारिश्रमिक अनिवार्य दिनुपर्छ ।’

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संघका सभापति यमबहादुर खड्का, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन नेपालगन्जका अध्यक्ष अनिता थापा र लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठनका अध्यक्ष रत्ना गिरीले संयुक्तरुपमा मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् । तलव वृद्धि लगायतका विभिन्न माग राख्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु गएको मंसिर २६ गतेदेखि आन्दोलनमा छन् ।

  • ८ पुष २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech