कोइला बालेको धुवाँमा निसासिएर आमा–छोराको मृत्यु, छोरी घाइते

    • स्वास्थ्य पेज

  • ४ पुष २०८१, बिहीबार

वीरेन्द्रनगरः सुर्खेतमा घरभित्र निसासिएर दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमा छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार सोही ठाउँका ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको हो । देवीसराका ९ वर्षीया छोरी रिया थापा घाइते भएको उनले बताए । घाइतेको अवस्था गम्भीर रहेको र कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको उनले बताए ।

घटना बुधबार रातिको भए पनि बिहीबार बिहान साढे ९ बजे मात्र खबर पुगेको प्रहरीले जनाएको छ । ‘बेलुका खाना खाएर सुतेको देखिन्छ, बिहान अबेरसम्म घरबाट कोही ननिस्किएपछि प्रहरीलाई खबर आएको हो,’ डीएसपी विश्वकर्माले भने, ‘घरभित्र कोइला बालेको र धुवाँमा निसासिएको प्रारम्भिक रिपोर्ट छ ।’ तीनै जनालाई अस्पताल पु¥याएपछि चिकित्सकले आमा देवीसरा र छोरा रियानलाई मृत घोषणा गरेका हुन् ।

  • ४ पुष २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech