काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
भक्तपुरस्थि आफ्नै निवासबाट पक्राउ परेका प्रसाईं विरुद्ध विद्युतीय कसुरको अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।