धनगढीका मेयर हमाललाई उपचारका लागि दिल्ली रेफर

    • स्वास्थ्य पेज

  • २२ मंसिर २०८१, शनिबार

धनगढी:  धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल स्वास्थमा समस्या देखिएको छ । शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका उनलाई थप उपचारका लागि दिल्ली रेफर गरिएको छ ।

उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले उपचार गरिरहेकोमा शनिबार भने दिल्ली रेफर गरिएको हो । चिकित्सककाअनुसार उनको मष्तिकको एउटा नसामा समस्या देखिए पनि अवस्था जटिल भने छैन् ।

मेयर हमाललाई शनिबार  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेटेर स्वास्थ लाभको कामना गरेका छन् ।उनलाई भेट्न प्रदेश सभा सदस्य धर्मराज पाठक र एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगानालगायतका नेताहरू पनि मन्त्रीसँगै अस्पताल पुगेका थिए ।

  • २२ मंसिर २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech