नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.४ बैजापुर अस्पालमा निशुल्क प्राथमिक कान उपचार शिविर गरिएको छ ।
ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज, फुलटेक्राको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोगमा शिविर गरिएको हो । शिविरमा १३० जना स्थानीयले सेवा लिएका थिए ।
चेकजाँच गराएकामध्ये ७ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको बरिष्ठ सहायक कान चिकित्सक भिषण कुमार थारुले बताए ।
कान स्वास्थ्यको बारेमा सचेतना फैलाउन र कानको उपचारदेखि बञ्चित नागरिकहरुको सेवाका लागि गाउँघरमा शिविर गर्ने गरिएको उनले बताए । भिषणसँगै अर्का बरिष्ठ सहायक कान चिकित्सिक तिर्थमान थारुले शिविरमा आएका बिरामीको कान चेकजाँच गरेका थिए ।