विश्व एड्स दिवस: बिहान प्रभातफेरी, साझँ कन्सर्ट

    • स्वास्थ्य पेज

  • १६ मंसिर २०८१, आईतवार

नेपालगन्ज: डिसेम्बर एक अर्थात् विश्व एड्स दिवस आज विभिन्न कार्यक्रम गरी मनाईएको छ । ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चितत गरौं’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरि दिवस मनाउने क्रममा नेपालगन्जमा प्रभातफेरी, कोणसभा तथा सांगीतिक कन्सर्ट सहितका कार्यक्रम गरिएको छ।

भेरी अस्पताल नेपालगन्जबाट सुरु भएको प्रभातफेरी त्रिभुवन चोक, सेतु बिक चोक हुँदै बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा भेरी अस्पताल नेपालगन्जका चिकित्सकहरु, स्वास्थ्यकर्मी , एचआईभी र एड्सका सवालमा काम गर्ने विभिन्न संघसस्थाका प्रतिनिधि, विधार्थी लगायतको सहभागिता रहेको थियो । सचेतनामुलक प्ले कार्डहरु बोकेर उनिहरु प्रभातफेरीमा सहभागि भएका थिए ।

कोणसभामा बोल्ने वक्ताहरुले एचआइभी संक्रमितलाई भेदभाव र दुब्र्यवहार होइन माया र सम्मान गरिनुपर्नेमा जोड दिए । त्यस अवसरमा एचआईभीर एड्सको संक्रमण, यसबाट बच्ने उपाय, एड्सको पछिल्लो अवस्था लगायतका बारेमा समेत जानकारी गराईएको थियो ।

दिवसकै अवसरमा साझँ नेपालगन्जस्थित बिपी चोकमा ओपन कन्सर्ट समेत गरियो । कन्सर्टमा नेपाल आइडलका विजेता करण परियार गुन्जिए। करणको प्रस्तुति सुन्न ठूलो संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गायक परियारसँगै डान्सरहरु र स्थानीय ब्यान्डको समेत प्रस्तुति रहेको थियो ।

सांस्कृतिक कार्यक्रमका माध्यमबाट एड्सका बारेमा सचेतना फैलाउन कन्सर्ट गरिएको एड्स हेल्थ फाउन्डेसनका कार्यक्रम संयोजक संजयकुमार पौडेलले जानकारी दिए ।

  • १६ मंसिर २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech