नेपालगन्ज : सेन्ट्रल सिटी अस्पताल नेपालगञ्जको मुटुमै छ । सुर्खेतरोडस्थित बीपीचोक नजिकै रहेको सेन्ट्रल सिटी अस्पताल विशेषतःमूत्ररोगको सफल र प्रभावकारी उपचारका लागि कहलिँदै गएको छ । यो अस्पतालका परिकल्पनाकार हुन्, बरिष्ठ मूत्ररोग विशेषज्ञ डा. दिपेश गुप्ता ।
नेपालगञ्जका रैथाने गुप्ताले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा आठ बर्ष जागिरे जीवन ब्यतीत गरे । वि.सं. २०७१ देखि २०७९ सम्म मेडिकल कलेजमा सेवा गरेका दिपेशले आफ्नो विशेषज्ञतालाई फराकिलो बनाउन आफ्नै लगानीमा अस्पताल खोल्ने निधो गरे । उनलाई लाग्यो अब आफ्नै परिकल्पना र सोचका साथ काम गर्नुपर्दछ । अनि, उनको दिमागमाआयो, सेन्ट्रल सिटी अस्पतालको अबधारणा ।
“मेरो आफ्नै ठाउँ, यहाँ नै केही गर्नुपर्दछ भन्ने हुटहुटी मनमा छँदै थियो,” उनी ती दिन सम्झन्छन्–“आफ्नै हिसाबले गुणस्तरीय सेवा दिने सक्ने गरी काम गर्नुपर्दछ भन्ने भयो, जति इफोर्ट लगाएपनि आफ्नै ग्रोथका लागि गर्नुपर्दछ भन्ने कुराले मलाई यो अस्पताल खोल्ने चरणसम्म पुर्यायो ।” उनले जब अस्पताल खोल्ने मनसाय बनाएअनि सुरु गरे प्रक्रिया । उनी स्मरण गर्दै भन्छन्, “त्यो बेलाको भिडको महामारीपछिको अवस्थाले पनि मलाई अस्पताल खोल्नुपर्दछ भन्ने भयो, त्यो परिवेशले अझ प्रेरित गर्यो ।” उनले एकैपटक धेरै आर्थिक भार नपर्ने गरी विस्तारै अस्पताल निर्माणको प्रक्रियालाई अगाडि बढाएको बताउँछन् ।
आफ्नै जमिन र आफ्नै भवनमा आधुनिक उपचार पद्धतिमार्फत विरामीको सेवा गरिरहेको सेन्ट्रल सिटी अस्पताललाई युरो सेन्टरको रुपमा विकास गर्ने उनको सपना छ । युरो र नेफ्रोको एकीकृत सेवा दिनेगरी सेन्ट्रल सिटी अस्पताललाई अपग्रेड गर्ने सोच रहेको डा. दिपेश बताउँछन् । विशिष्टिकृत सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउने र यो क्षेत्रमा बेग्लै पहिचान सहितको स्वास्थ्योपचार प्रदानगर्ने उनको योजना छ ।
“छोटो समयमा विरामीको विश्वास जितेका छौैैं,” उनी हँसिलो चेहरामा प्रस्तुत हुँदै भन्छन्–“विरामीको चाप बढ्दो छ, राम्रो सेवादिन सकेका छौं, आत्मसन्तुष्टि मिल्दै गएको छ ।” पंक्तिकार उनीसंगको कुराकानीकालागि अस्पताल पुग्दै गर्दा विरामी खचाखच थिए । उनलाई विहान उठेदेखि राति नसुत्दासम्म भ्याइनभ्याई छ । स्रोतसाधनमा कुनै कञ्जुस्याइँ नगरेर सर्वसुलभ शुल्कमा गुणस्तरीय सेवा दिन लागिपरेको डा. गुप्ता बताउँछन् । सेन्ट्रल सिटी अस्पताल अहिले १५ बेडको छ । अस्पतालले युरो बाहेक अन्य सर्जिकल सेवा (शल्यक्रिया)पनि दिइरहेको छ । अस्पतालमा दूरविन प्रविधिमार्फत समेत शल्यक्रिया सेवा दिने गरिएको छ । पथ्थरीको अपरेशन अस्पतालले विश्वकै आधुनिक लेजर प्रविधि ‘LASER RIRS’ मार्फत गरिरहेको छ ।
उनी स्वयंमले त्यहाँ जटिल खालका युरो सम्बन्धि शल्यक्रिया सफलतापूर्वक गर्दै आएका छन् । भविष्यमा अस्तपालको बेड बढाउने योजना पनि उनले सुनाए । अस्पतालमा किड्नी, पिसावनली र पित्तथैलीमापत्थरी, प्रास्टेट, पिसाब र किड्नीमा इन्फेक्सन लगायतका समस्याहरु लिएर आउने विरामीको संख्या बढ्दै गएको छ । “विरामीलाई कसरी छिटोछरितो, गुणस्तरीय र सर्वसुलभ सेवादिन सकिन्छ भन्ने कुरामा नै मेरो दिमाग केन्द्रित छ,” उनी भन्छन्–“विशेषज्ञहरु बढाएर युरो र नेफ्रोको सेवा एउटै ठाउँबाट दिन सक्ने गरी सेवाविस्तार गर्ने मेरो लक्ष्य छ ।”
नेपालगञ्जमा पछिल्लो समय अस्पताल खोल्ने क्रम बढेकोप्रति लक्षित गर्दै पंक्तिकारले सोधेको प्रश्न सकिन नपाउँदै उनले भने–“धेरै अस्पताल खुल्नु भनेको त विरामीको फ्लो बढ्नु हो, किनकी विरामीकुनै पनि सहरमा उपचारकालागि पुग्दा त्यहाँ धेरै विकल्पहरु छन् कि छैनन् भन्ने कुरा उसले हेर्दछ भन्ने मलाई लाग्छ ।” नेपालगञ्जको स्वास्थ्य सेवालाई अझ ब्यवस्थित बनाउन आवश्यक रहेकोमा भने उनी जोड दिन्छन् ।
अन्य प्राइभेट अस्पताल भन्दा आफ्नो अस्तापल महंगो नभएको डा. दिपेशको प्रष्टोक्ति छ । रिजनेबल शुल्कमा विरामीको उपचार गरिरहेको उनी बताउँछन् । “पैसा नभएका कमजोर अवस्थाका विरामीलाई सामाजिक उत्तरदायित्व सम्झेर सहयोग गरिरहेका छौं, परेकालाई गर्नुपर्दछ भन्ने मेरो प्रष्ट मान्यता छ,” अनुहारमा सामाजिक सेवाभावको रंग देखाउँदै उनी भन्छन्–“दीनदुःखीलाई हामीले हेरिरहेकै छौं ।”
काम गर्न खोज्दा केही बाधाब्यवधान र चुनौतीहरु अवश्य आउँछन् । तर, तीचुनौती र बाधाव्यवधानका काँडाहरु पन्छाउँदै अघि बढ्ने मान्छे सफल हुन्छ । डा. दिपेश पनि आफूले केहीचुनौतीहरुको सामना गरिरहनु परेपनि रत्तिभर विचलितनभएको आत्मविश्वास प्रकट गर्छन् । जनशक्ति ब्यवस्थापन, उनीहरुको सेवासुविधा, विरामीको सन्तुष्टि, अत्याधुनिक उपकरणको चाँजोपाँजो मिलाउने कुरा सधैं चुनौतीका रुपमा रहने उनको अनुभव छ । ३०\३५ जना स्टाफको नेतृत्वगरिरहेकाउनी ‘टिम स्पिरिट’ माविश्वास गर्छन् ।
अस्पताललाई स्तरोन्नतिगर्दै किड्नी ट्रान्सप्लान्टेसन सेन्टर अर्थात मिर्गौलाप्रत्यारोपण केन्द्रका रुपमाविकास गर्ने चाहना पनि उनले प्रकट गरे । तर, त्यसकालागि राम्रो टिम म्यानेज हुनुपर्ने कुरा उनले राम्रैसंग बुझेका छन् । मिर्गौला र मूत्र रोग विशेषज्ञहरुको राम्रो सहकार्यले यो कुरा सम्भवहुने उनको बुझाई छ । चिकित्सायात्रामा उनले देखेको सपना र भरेको कल्पनाको उडानले वास्तविकतामा बदलिने गरी गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको चाहनालाई अझ मूर्तरुप दिन सकोस् । शुभेच्छा !
को हुन् डा. दिपेश गुप्ता?
नेपालगञ्ज निवासी डा.दिपेशको जन्म २०३५ सालकार्तिक २६ गते भएको हो । रानीतलाउ प्रा.वि.मा १ देखि ५ कक्षासम्मअध्ययन गरेका उनले ६ देखि १० कक्षा महेन्द्र मा.वि.मा पढे । उनले २०५० सालमा सरकारी विद्यालयबाट एसएसलीमा जिल्लामै प्रथम स्थानहासिल गरेका थिए । त्यतिबेलाको कहलिएको अमृत साइन्स क्याम्पस (अस्कल) काठमाडौंबाट आइएस्सी उत्तीर्ण गरेपछि उनले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालबाट एमबीबीएस सकाएका हुन् ।
एम.एस. र एम.सी.एच. भने उनले टिचिङ हस्पिटल काठमाडौंबाट गरे । बुवा विजयकुमार गुप्ता राजनीतिज्ञ र अधिबक्ता भएपनि उनको संगत डा.सुरेश कुमार कनोडिया र एम किदवाईसँग बढी थियो । युरोलोजिष्ट डा.दिपेश भन्छन्–‘बुवाको चाहनापनि छोराले डाक्टर नै पढोस् भन्ने थियो र मेरो चाहनापनि डाक्टर नै पढ्ने भन्ने भयो अनि सबै कुरा मिल्यो । सबैको चाहनाले डाक्टरको यात्रालाई सहज बनाइदियो ।’
अत्याधुनिक प्रविधिका माध्यमबाट उनले नेपालगञ्जमा बसेर जटिलखालका शल्यक्रिया गर्दै आएका छन् । नेपालगञ्ज सुर्खेतरोडस्थित सेन्ट्रल सिटी हस्पिटलमा कार्यरत डा. दिपेशले त्यहाँ बसेर अत्याधुनिक युरो सेवा दिँदै आएका छन् ।