नेपालगन्जः भेरी अस्पताल नेपालगन्जका अर्थोपेडिक सर्जन डा.तिर्थेन्द्र खड्का र डा.प्रकाश थापाले सह प्राध्यापकको जिम्मेवारी पाएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भेरी अस्पतालका अर्थोपेडिक विभाग प्रमुख खड्का र पूर्व मेसु समेत रहेका अर्का अर्थोपेडिक सर्जन डा. थापालाई सह प्राध्यापकको जिम्मेवारी दिएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, प्राज्ञिक परिषदको मंसिर २ गतेको बैठकले डा.खड्का र थापालाई सह प्राध्यापकको जिम्मेवारी तोकेको छ । भेरी अस्पतालमा अर्को वर्षदेखि पिजी कार्यक्रम संचालन हुने भएपछि प्रतिष्ठानले प्राध्यापकको जिम्मेवारी तोक्न थालेको हो । भेरी अस्पतालमा एमडीएमएस अध्ययनका लागि आउने विद्यार्थीहरुलाई डा.खड्का र डा.थापाले गाइड गर्नेछन् ।
डा.खड्का र डा.थापाको टिमले पश्चिम नेपालको प्रमुख प्रेषण अस्पतालका रुपमा रहेको भेरीमा अर्थोपेडिका बिरामीहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।