नेपालगन्ज: बर्दिया बासगढी नगरपालिका–२ गैरीगाउँका ४१ वर्षीय यमबहादुर सुनार पेट सम्वन्धी समस्याबाट थल्लिएको वर्षदिन हुन थाल्यो । रोजगारीको शिलशिलामा भारतको सिम्ला पुगेका सुनार उतै बिरामी परे । यो अवधिमा करिव १३ लाख रुपैयाँ खर्च भइसक्यो । घरमा भएको श्री सम्पती औषधि उपचारमै सकियो ।
उनका कलिला दुई छोरी छन् । दीपा १० कक्षा पढ्छिन् । १४ वर्षकी भइन् । धर्मा ३ मा पढ्छिन । ८ वर्षकी भइन् । धर्मा उठ्न नसकेर खटियामा पल्टिएका बाबालाई पुलुक्क हेर्छिन् । उनी भन्छिन्–‘उपचारका लागि हामीसँग पैसा छैन मेरो बाबालाई बचाइदिनुस् न ।’
श्रीमानको उपचारका लागि गंगादेवीले आफुसँग भएको गरगहना सबै विक्री गरिसकिन । अव के वेचेर उपचार गर्ने गंगादेवी चिन्तामा छिन् । महिनामा एक पटक भारतलको लखउन जानु पर्छ । अव पुस महिनामा फेरी श्रीमानलाई लगेर लखनउ जानु छ । तर उनीसँग अव उपचार गर्ने पैसा छैन ।
‘कमाइ गरेर परिवार धान्ने व्यक्ती नै श्रीमान हुनुहुन्थ्यो उनी भन्छिन्–‘श्रीमानकै हालत अहिले यस्तो अवस्थामा पुगेपछि हामीमाथि बज्रपात परेको छ ।’ डाक्टरहरुले पेन्क्रियाज ग्रन्थीमा संक्रमण भएर यो समस्या भएको हो भन्छन् । उपचार गरे ठिक हुन्छ पनि भन्छन् । तर उपचार महंगो छ ।
एक पटक लखनउ गए एक लाख रुपैयाँ खर्च हुन्छ । आर्थिकरुपमा अत्यन्तै कमजोर आफ्नो श्रीमानको उपचारका लागि सहयोग गरिदिन गंगादेवीको याचना छ । ‘पैसा नभएर छोरीहरुलाई समेत पढाउन नसक्ने अवस्थामा पुगिसके उनी भन्छिन्–‘छोरीहरुलाई पढाउने खर्च जुटाउ की श्रीमानको उपचारको लागि ?