हृदयघातका कारण संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकीको निधन

    • स्वास्थ्य पेज

  • ४ मंसिर २०८१, मंगलवार

नेपालगन्ज: संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) को हृदयघातले निधन भएको छ।

छातीमा असहज भएपछि आफै रिक्सा चढेर अस्पतालतर्फ गएका हाजी भोला अस्पताल नपुग्दै अवस्था असहज भएर गम्भीर अवस्थामा पुगेका थिए ।

पारिवारिक स्रोतका अनुसार, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुगिसक्दा अत्यन्तै गम्भीर भएका उनको केहीबेरमै गएराती १०:३० बजेतिर निधन भएको हो ।

बाँकेको मुस्लिम समुदायमा निकै उच्च छवि बनाएका ६० वर्षका उनी नेपाली कांग्रेसका जिल्ला स्थित प्रभावशाली नेता पनि हुन् ।

उनी २०७० सालमा संविधान सभा सदस्य भएका थिए । उनी अत्यन्तै सादगी र राष्ट्रप्रेमी नेता थिए । सादगी नेता पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्व: सुशील कोइरालाको जीवनशैलीबाट प्रेरित थिए ।

नेपाली कांग्रेसका नेता संविधान सभा सदस्य अब्दुल हमीद सिद्धिकीको असामयिक निधनको खबरले दुखि बनायो, काङ्ग्रेस बाँकेका सचिब सुधान्शु कोइरालाले नेपाली कांग्रेसले एउटा होनहार र इमानदार सिपाही गुमाएको प्रतिक्रिया दिदै भनेका छन्, उहाँको स्वर्गमा बास होस् ।

आज ४:०० बजे अन्त्येष्टि हुने जानकारी उनले दिए ।

 

  • ४ मंसिर २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech