वायु प्रदूषण अत्यधिक भएपछि दिल्लीमा प्राथमिक तहका विद्यार्थीहरुलाई अनलाइन पढाउन सुरु

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०८१, शुक्रबार

काठमाडौं: वायु प्रदूषण अत्यधिक भएपछि भारतको नयाँदिल्लीमा प्राथमिक तहका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाउन सुरु गरिएको छ ।

मुख्यमन्त्री आतिशी मार्लेनाले सोसल मिडिया एक्समार्फत् अर्को सूचना जारी नभएसम्मका लागि अनलाइन कक्षा जारी रहने बताएको भारतिय सञ्चारमाध्यामले जनाएका छन् । । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीमा वायु प्रदूषण बढेर अत्यन्त खराब स्तरमा पुगेको छ । अधिकांश स्थानमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ४०० भन्दा माथि पुगेको छ ।

यदि एक्यूआई ४०१ देखि ५०० को बीचमा भएमा यो अवस्थालाई अत्यन्त गम्भीर श्रेणीमा पुगेको मानिन्छ । यो अवस्थामा स्वस्थ अवस्थाका मानिसहरुलाई पनि श्वासप्रश्वास लगायतका समस्या देखिन सक्ने विज्ञहरु बताउँछन् ।

  • ३० कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech