नेपालगन्ज: सल्यानको त्रिवेणी गाउँपालिकामा नि:शुल्क प्राथमिक कान उपचार शिविर गरिएको छ । त्रिवेणी गाउँपालिका-१ को काभ्रा स्वास्थ्य चौकी र त्रिवेणी गाउँपालिका-६ स्वास्थ्य चौकी लुहाममा शिविर गरिएको हो ।
त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना, त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोग र ब्रनोज कान स्वास्थ सामुदायिक सेवा नेपालगन्जको प्राबिधिक सहयोगमा शिविर गरिएको हो ।
शिविरमा ३४४ जनाले सेवा लिएका थिए । सेवा लिन आएकाहरु महिला र पुरुष बराबरी थिए । तीमध्ये १३ जनालाई शल्यक्रियाका लागि रिफर गरिएको वरिष्ठ कान सहायक चिकित्सक समेत रहेका आउट रिच इन्चार्ज भीषण कुमार थारुले जानकारी दिए ।
उनका अनुसार ५१ जनामा कान पाक्ने समस्या र ३८ जनामा कानेगुजी भरिएको पाइएको थियो । शिविरमा आएका बिरामीहरुको भीषणसँगै वरिष्ठ कान सहायक चिकित्सक तिर्थमान थारुले कानको चेकजाँच गरेका थिए ।