होटल सिद्धार्थले आयोजना गरेको ‘रन फर बेटर हेल्थ’मा सत्यनारायण र श्रेया प्रथम

    • स्वास्थ्य पेज

  • २९ कार्तिक २०८१, बिहीबार

नेपालगन्ज: होटल सिद्धार्थ नेपालगन्जले बिहिबार नेपालगन्जमा ‘रन फर बेटर हेल्थ’ स्लोगन राख्दै रोड रेस कार्यक्रम सम्पन्न गरेको छ । विश्व मधुमेह दिवसको अवसरमा आयोजित रोड रेस कार्यक्रममा होटल सिद्धार्थ कारकाँदो , सिद्धार्थ कटेज धम्बोझी र ज्याकपट क्यासिनोका कर्मचारी, विभिन्न पेशाकर्मी,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

रोड रेस सिद्धार्थ कटेज धम्बोझीबाट सुरु भई होटल सिद्धार्थ कारकाँदोमा पुगेर समापन भएको थियो । होटल सिद्धार्थ नेपालगन्जका मार्केटिङ म्यानेजर
नविन भट्टका अनुसार रोड रेसमा पुरुष तर्फ सत्यनारायण धोबी प्रथम भएका छन् । निर्धारित दुरी १२ मिनेट ४६ सेकेन्डमा पुरा गरेर धोबी प्रथम भएका हुन् । यस्तै कैलाश थापामगर दोस्रोे र अमित रावल तृतिय भए । उनिहरुले क्रमश १२ मिनेट ५३ सेकेन्ड र १३ मिनेट १३ सेकेन्डमा निर्धारित दुरी पुरा गरे ।

रेसमा महिला तर्फ श्रेया सुनार प्रथम , संगिता नेपाल दोस्रोे र आरती चौधरी तृतिय भए । उनिहरुले निर्धारित दुरी क्रमश १७ मिनेट ४९ सेकेन्ड, १८ मिनेट र १८ मिनेट ६ सेकेन्डमा पुरा गरेको आयोजक होटल सिद्धार्थले जानकारी दिएको छ । विजेतालाई नगद र मेडलले पुरस्कृत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले निष्क्रिय जीवनशैली एवम् शारीरिक व्यायाममा कमी भएमा मधुमेह लगायत नसर्ने रोगहरुको सिकार हुनुपर्ने भएकाले यसतर्फ विशेष ध्यान दिन आग्रह गरे । दिनमा साढे १ घण्टा मात्र भएपनि शारीरिक व्यायामका लागि समय छुट्याउन आग्रह गर्दै प्रमुख विष्टले सबैभन्दा ठूलो धन स्वास्थ्य नै हो भन्ने कुराको मनन गर्न आवश्यक रहेको औल्याए ।

सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय निर्देशक केशव न्यौपानेले होटल सिद्धार्थले कर्मचारीहरुका लागि प्रत्येक हप्ता विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको भएपनि यसपटक भने मुधुमेह दिवसका अवसरमा केही सन्देश दिन रोड रेशको आयोजना गरिएको बताए । स्वास्थ्य नै धन हो भन्ने सन्देश दिन गरिएको कार्यक्रमले पाएको साथका कारण आगामी वर्षहरुमा यसलाई मिनि म्याराथनमा लैजाने कार्यकारी निर्देशक न्यौपानेले बताएका छन् ।

कार्यक्रम होटल सिद्धार्थले नेपालगन्ज म्याराथन र नेपालगन्ज साइक्लिङ क्लबसँगको सहकार्यमा सम्पन्न गरेको हो । लामो समय देखि हस्पिटालिटी क्षेत्रमा सेवा दिँदै आएको सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत मुलुक भर ३४ वटा होटल , रिसोर्ट , क्याफे , ट्राभल लगायत सञ्चालित छन् ।

 

  • २९ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech