कोरोना संक्रमणबाट २८ बर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०७७, शनिबार

धारान १७, असोज ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिष्ठानमा उपचाररत २८ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिनुभयो । सुनसरी इनरुवा ४ की ती महिलामा असोज ८ गते कोरोना पोजिटिभ देखिएको थियो।

संक्रमित महिलामा अन्य कुनै पनि रोग थिएन। कोरोना संक्रमण पोजिटिभ देखिएकै दिन उनलाई प्रतिष्ठानमा भर्ना गरेर उपचार सुरु गरिएको थियो।

  • १७ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech