कोरोना संक्रमित महिलाको कोशी अस्पतालमा मृत्यु

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०७७, शनिबार

विराटनगर १७, असोज ।

विराटनगरमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दमक ३ की ६८ वर्षीया महिलाको आज विहान २ ः १५ बजे मृत्यु भएको उपचार केन्द्रका प्रमुख चिकित्सक दीपक सिग्देलले जानकारी दिनुभयो ।

चिकित्सक सिग्देलका अनुसार कोरोना पुष्टि भएसँगै स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बृद्धालाई असोज ११ गते आइसोलेसनमा भर्ना गरेर उपचार गरिएको थियो ।

वृद्धलाई पछिल्लो समय श्वासप्रश्वासको समस्या बढेको थियो। शरीरमा अक्सिजनको मात्रा कम थियो। मृतकमा दम र खोकीको पुरानो समस्या रहेको सिग्देलले बताउनुभयो ।

  • १७ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech