काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि अस्वस्थ भएका हुन् ।
ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको बताईएको छ ।
प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेको सचिवालयले जनाएको छ ।