नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका-१८ भुजइ गाउँस्थित केयरसिटी अस्पतालले आफ्नो चौथो वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
आइतबार दिउँसो १ बजे देखि बेलुका ६ बजे सम्म नि:शुल्क स्वास्थ्य शिविर चल्ने छ । शिबिरमा बालरोग, स्त्रीरोग तथा फिजिसियन सम्बन्धि सेवा प्रदान गरिने अस्पतालका एमडी सन्तोष शाहले जानकारी दिए ।
वार्सिकोत्सबको उपलक्ष्यमा अस्पतालले ल्याबमा २५ प्रतिशत छुटको ब्यवस्था गरेको छ भने एक्सरे तथा भिडियो एक्सरेमा २० प्रतिशत छुट, भर्नामा २० प्रतिशत छुट तथा नर्मल तथा दूरविन प्रविधिद्वारा गरिने अप्रेसनमा १० प्रतिशत छुटको ब्यबस्था मिलाइएको छ ।
नि:शुल्क स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञ विष्णु थापा, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ राजन महत तथा फिजिसियन दिपेन्द्र थापाले स्वास्थ्य चेकजाँच गर्नेछन् ।