नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ स्थित शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क प्राथमिक कान उपचार शिविर गरिएको छ ।
ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जको आयोजना तथा प्राविधिक सहयोग र वडा कार्यालयको आर्थिक सहयोग तथा समन्वयमा शिविर गरिएको हो । उक्त शिविरमा १०७ जनाको कानको चेकजाँच गरिएको थियो ।
पुरुष ४० र महिला ६७ जनाको कानको चेकजाँच गरिएको केन्द्रका आउट रिच इन्चार्ज भीषण थारुले जानकारी दिए । चेकजाँच गराइएकामध्ये ११ जनामा कान पाक्ने समस्या देखिएको थियो ।
८ जनामा कानभित्र ढुसी परेको र २० जनामा कानेगुजी भरिएको पाइएको पनि थारुले बताए । शिविरमा आएका बिरामीहरुको बरिष्ठ कान सहायक चिकित्सक थारु र सीता चौधरीले गरेका थिए ।