रोल्पाः रोल्पामा सुत्केरी बोकेको जीप दुर्घटनामा नवजात शिशुको मृत्यु भएको छ । जिल्लाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा सुत्केरी बोकेर घर फर्किँदै गरेको जीप दुर्घटनामा परी २ दिने शिशुको बुधबार बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक यादवकुमार शाहीका अनुसार लुंग्री गाउँपालिका–१ छिउधरका अमृत रोका, उनकी सुत्केरी श्रीमती र दुई दिनको छोरा चढेको लु ३ च १६५६ नम्बरको बोलेरो गाडी मंगलबार बिहान दुर्घटना भएको थियो ।
श्रीमतीलाई दाङको अस्पताल लगेर सुत्केरी गराएपछि घर फर्किदा दुर्घटना भएको अमृतले बताए । दुर्घटनामा परेपछि नवजात शिशु गम्भीर घाइते भएका थिए । घाइते शिशुको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका क्रममा बुधवार विहान मृत्यु भएको स्वास्थ्य केन्द्रले जनाएको छ ।