डायलाइसिस गर्ने बिरामीहरुका लागि अस्पतालसम्म निःशुल्क यातायात सेवा

    • स्वास्थ्य पेज

  • ६ कार्तिक २०८१, मंगलवार

फाइल तस्वीर ।

लुम्विनीः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले डायलाइसिस गर्ने बिरामीहरुका लागि अस्पतालसम्म पुग्ने यातायात सेवा निःशुल्क गरेको छ। मिर्गौला समस्या भै नियमित डायलासिस गर्नुपर्ने बिरामीको यातायातबापतको खर्च नगरपालिका बेहोर्ने भएको हो । नगरपालिकाले चालु आर्थिक वर्ष ०८१-८२ का लागि उक्त कार्यक्रम आफ्नो नीति तथा कार्यक्रममै समेटेको छ ।

उक्त कार्यक्रमका लागि नगरपालिकाले बुटवलमा रहेको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालसँग सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए । नियमित डायलासिस गर्ने विपन्न नागरिकले अधिकतम लाभ लिउन भन्ने उद्देश्यले कार्यक्रम लागू गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए ।

गौतमबुद्ध अस्पतालले बिरामीहरुको आउजाउका लागि अस्पतालकै बस संचालन गरेको र बर्दघाटबाट सेवा लिने बिरामीहरुको दोहोरो बस भाडा नगरपालिकाले बेहोर्ने गरी ५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

  • ६ कार्तिक २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech