काठमाडौं । आज पनि देशैभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।
५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले बताए ।
देशभर सात सय ५३ स्थानीय तहमा यस्को व्यवस्था रहेको जनाउँदै थापाले पायकपर्ने स्थान विद्यालय, वडा कार्यालयमा स्वस्थ्य स्वयंसेविकालाई परिचालन गरिएको समेत जानकारी दिए ।
महाशाखाले हिजो पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएको थियो । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ ।
यस्तै १५ महिनासम्म लगाउनुपर्ने कुनैपनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन समेत आग्रह गरिएको छ।