धनगढी उपमहानगरले कैलाली र कञ्चनपुरका थप चार स्थानीय तहलाई शव चिस्यान सेवा दिने

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०८१, शुक्रबार

धनगढी: धनगढी उपमहानगरपालिकाले कैलाली र कञ्चनपुरका थप चार स्थानीय तहलाई पनि शव चिस्यान सेवा दिने भएको छ ।उपमहानगरपालिकाले कैलालीको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका, कञ्चनपुरको पनर्वास र कृष्णपुर नगरपालिकालाई निःशुल्क शव चिस्यान सेवा दिन भएको हो ।

उपमहानगरपालिकाले चार वटै स्थानीय तहमा शव चिस्यान सेवा दिने गरी सम्झौता गरेको छ ।चारवटै स्थानीय तहसँग बिहीबार शव चिस्यान सेवाबारे सम्झौता गरिएको उपमहानगरपालिकाले जनाएको छ । यी स्थानीय तहमा २०८२ को असार मसान्तसम्म शव चिस्यान सेवा प्रदान गरिने सम्झौतामा उल्लेख छ ।

धनगढी उपमहानगरपालिकाले यसअघि छिमेकी गोदावरी नगरपालिकामा पनि निःशुल्क शव चिस्यान सेवा सञ्चालन गर्दै आएको छ ।उपमहानगरपालिकाका नगर प्रहरीले शव चिस्यान यन्त्र मृतकको घरसम्म पुर्‍याएर जडान गर्ने गरेका छन् ।

मृतकको अन्तिम संस्कार गरेपछि यन्त्र फिर्ता ल्याइने गरिन्छ । धनगढी उपमहानगरपालिकाले विदेशमा कसैको मृत्यु भएका व्यक्तिको शव घर नपुग्दासम्म सुरक्षित राख्न शव चिस्यान सेवा सञ्चालन गरेको थियो ।

  • २ कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech