बाँकेमा ४६ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    • स्वास्थ्य पेज

  • १ कार्तिक २०८१, बिहीबार

नेपालगन्जः बाँकेमा कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ । जिल्लामा भिटामिन ‘ए’ खाने छ देखि ५९ महिना उमेरसम्मका ४६ हजार ४८० जना बालबालिका रहेको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै ४१ हजार १९६ जना बालबालिकालाई जुकाको औषधी पनि खुवाइने भएको छ । एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने श्रेष्ठले बताए ।

बाँकेका जिल्लाका ८ वटा पालिकामध्ये सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा १२ हजार १५ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइदैछ भने १० हजार ६२१ जना बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ ।

सबैभन्दा कम जानकी गाउँपालिकाका ४ हजार १३ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल र ३ हजार ५४८ बालबालिकालाई जुकाको औषधि खुवाइदैछ ।

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन जिल्लाभर ७ सय ८५ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने भएको छ । जसमध्य नेपालगन्ज उपमहानगरपालिकामा १९६, कोहलपुर नगरपालिका ७१, राप्ती सोनारी गाउँपालिकामा ११०, खजुरा गाउँपालिकामा १०८, जानकी गाउँपालिकामा ८१, नरैनापुर गाउँपालिकामा ६८ जना स्वयम्सेविका परिचालन गरिने छ ।

यसैगरी  डुडुवा गाउँपालिकामा ५९ र बैजनाथ गाउँपालिकामा ९२ जना स्वयम्सेविका परिचालन गरिने सूचना अधिकारी श्रेष्ठले बताए । भिटामिन ए क्याप्सुल र जुकाको औषधि सबै पालिकामा पठाइसकिएको पनि श्रेष्ठले बताएका छन् ।

 

  • १ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech