वरिष्ठ पत्रकार विजय कुमार पाण्डेले धनबहादुर र भेरी अस्पताललाई जोडेर किन स्टाट्स लेखे ?

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०८१, बुधबार

नेपालगन्जः वरिष्ठ पत्रकार तथा लेखक विजय कुमार पाण्डेले धनबहादुर र भेरी अस्पताललाई जोडेर सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेका छन् । जुन स्टाटसले भेरी अस्पतालप्रति बिरामीको भरोसालाई दर्शाएको छ भने अर्कोतर्फ अस्पतालसँग सहयोगको आग्रह पनि गरिएको छ ।

पत्रकार पाण्डेको स्टाट्स
३ दिन अघिको कुरा हो । धन बहादुर पुन मेरो छेउको सिटमा थिए । पहिला ७ बर्ष कतार बसेका । त्यसपछि मलेसिया ७ बर्ष बसेर बिरामी भए पछि नेपाल फर्कदै । उनको टाउको असह्य घुमाउछ, भन्नाउछ रे ।

मलेसियाको डाक्टरले अपरेसन गराउन पर्छ भनेको छ रे । त्यसैले भेरी अस्पतालमा देखाउन जान लागेका । कतार बसेर कमाएको पैसाले सानो घर कोहलपुरमा बनाएर सुर्खेतबाट झरेका हुन उनी ।

४१ बर्षको उमेरमै उनी बाजे भैसके । उनले मलाई सोधे – ‘तपाई को हो ? के काम गर्नु हुन्छ ?’ ‘कोही पनि होइन । खासै केही पनि गर्दिन ।´ उनले त्योभन्दा बढी चासो ममा राखेनन । ‘काठमाण्डौबाट आजै नाइट बस समातेर कोहलपुर जान पाए हुन्थ्यो ।’ ‘भ्याइन्छ होला ।

भेरी अस्पताल नै किन जाने ? ‘ ‘ त्यँहा खर्च कम लाग्छ । एक पल्ट त्यँहा मेरो आफन्तलाई निको पारेको थियो । भेनाको अलिकति चिनजान पनि छ । त्यँहा भएन भने अन्त जान्छु होला । मेडिकल कलेजतिर वा इन्डिया ।’

धन बहादुरलाई रुघा लागेको थियो । बेला बखत हाछ्यु गर्थे । मलाई सर्छ कि भन्ने डर लाग्यो एकै छिन । पछि आफैसित लाज लाग्यो । छेउको मान्छेलाई यत्रो रोग छ । मलाई रुघाको चिन्ता ।

जहाज काठमाण्डौ ल्याण्ड गर्न अघि मैले पर्स खोलेर सानो सहयोग जबरजस्ती उनको हातमा राखे । उनी छक्क परे । बोलेनन केही । मलाई एक नजर हेरे । उनको हेराईमा स्नेह थियो ।

केही छिनमा बिमान काठमाण्डौ ल्याण्ड भयो । त्यस पछि उनीसंग भेट भएन .. यो पोस्टिङ भेरी अस्पतालका कसैले पढे, धन बहादुर पुनलाई देखे, सहयोग गरी दिनु है । तपाईको गुन हुनेछ धन बहादुर पुन माथी । ममाथी पनि ..

  • ३० आश्विन २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech