भेरी अस्पतालमा दशैं विदामा १०३ जनाले प्रसूति सेवा लिए

    • स्वास्थ्य पेज

  • २९ आश्विन २०८१, मंगलवार

नेपालगन्जः भेरी अस्पतालमा दशैं विदामा १०३ जनाले प्रसूति सेवा लिएका छन् । २४ गतेदेखि २८ गतेसम्म पाँच दिनको अवधिमा ८८ जनाले सामान्य र १५ जनाले शल्यक्रिया मार्फत् शिशु जन्माएका हुन्।

वडादशैंको समयमा बर्थिङ सेन्टर, हेल्थपोष्टमा चिकित्सकको अभाव हुने हुँदा अघिल्ला वर्षहरुमा सरकारी भेरी अस्पतालमा प्रसूति सेवाका बिरामीको चाप बढ्ने गरेकोमा यो पटक भने तुलनात्मक रुपमा अन्य दिनकै जस्तो हाराहारीमा प्रसूति सेवाका बिरामीहरु आएको प्रसूति वार्ड इन्चार्ज शिला शर्माले जानकारी दिइन् ।

नेपालगन्ज मेडिकल कलेजसँगै कतिपय निजी साना अस्पतालहरुमा दसैंँको बेलामा पनि प्रसूति सेवा दिएका कारण यो पटकको दशैं बिदामा प्रसूति सेवा लिने बिरामीको चाप खासै नभएको अनुमान गरिएको छ ।

भेरी अस्पतालमा बर्दिया, दाङ, कैलाली, सुर्खेत, सल्यान, रुकुम लगायतका जिल्लाबाट प्रसूति सेवा लिन आउने गरेका छन् ।

  • २९ आश्विन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech