दशैं र खानपिन: के खाने र कसरी खाने ?

    • स्वास्थ्य पेज

  • २३ आश्विन २०८१, बुधबार

नेपालगन्ज: दशैंमा सधैंभन्दा खानपान केही फरक हुन्छ । मासु र मसालेदार परिकारको उपभोग दशैंमा बढ्छ । तर सन्तुलन नमिलाई धेरै खानेकुरा खाने र व्यायाम नगर्दा यो बेला विभिन्न स्वास्थ्य समस्या निम्तिने गरेको पनि पाइन्छ ।

दशैं शरद ऋतुमा पर्ने भएकाले खानेकुरा पनि राम्ररी पच्छ । त्यसैले यो बेला एकैपटक आवश्यकता भन्दा धेरै खानेकुरा खाने गरिन्छ । दशैंको बेला पारिवारिक भेटघाट धेरै हुन्छ । आफ्नो घरबाहेक आफन्तकहाँ पनि गएर पनि यसो केही खाइहालौं भन्ने हुन्छ ।

आफूलाई मन परेको खानेकुरा स्वभाविक रुपमा पनि अलि बढी खाइहालौं भन्ने हुन्छ । तर खानाको मात्रालाई नियन्त्रण गर्नु एकदमै जरुरी हुन्छ । दशैंमा यो खाने त्यो नखाने भन्दा पनि थोरै खाने सन्तुलनमा खाने भन्ने कुरामा बढी ध्यान दिनुपर्छ ।

एकैचोटि धेरै खानुको सट्टा दिनभरिमा बरु पाँचदेखि ६ चोटि थोरै थोरै खाना खान सकिन्छ । पहिले दशैंमा जस्तो खानपानको माहोल हुन्थ्यो त्यो अहिले परिवर्तन भएको छ । पछिल्लो समय दशैंमा मासुका परिकारसँगै प्रशोधित खानेकुरा जस्तो दालमोठ, चिप्स, कोक फन्टा, मिठाई लगायत खानेकुरा पनि खाने गरिन्छ । तर यस्ता खानेकुराको सेवनबाट बचेर दशैंमा घरको खानेकुरालाई नै प्राथमिकता दिनु राम्रो हुन्छ ।

  • २३ आश्विन २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech