स्वास्थ्य पेजले भव्य कार्यक्रमकाबीच मनायो पाँचौं वार्षिकोत्सव

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०८१, मंगलवार

नेपालगन्ज: दिर्घायु हाउस प्रालिद्धारा सञ्चालित स्वास्थ्य पेज डटकमले आफ्नो पाँचौैं वार्षिकोत्सव नेपालगन्जमा भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ । वार्षिकोत्सवको अवसरमा स्वास्थ्य पेज विशेषांक समेत विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल चिकित्सक संघ भेरी शाखा नेपालगन्जका अध्यक्ष समेत रहेका बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.विनोद थापाले विशेषांकको विमोचन गरे ।

उनले स्वास्थ्य पत्रकारिता क्षेत्रमा स्वास्थ्य पेज डटकमले छोटो समयमै आफ्नो पहिचान छाड्न सफल भएको बताए । उनले स्वास्थ्य क्षेत्रको विकासका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रमलाई सम्बोधन गर्दै डा.थापाले स्वास्थ्य क्षेत्र भित्रका विकृतिहरुलाई पनि मिडियाकर्मीहरुले औल्याइदिनुपर्नेमा जोड दिए । स्वास्थ्य क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिए पनि राज्यले निजी क्षेत्रलाई वेवास्ता गरेको उनको टिप्पणी छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चिकित्सक संघ भेरी शाखा नेपालगन्जका अध्यक्ष समेत रहेका बरिष्ठ अर्थोपेडिक सर्जन डा.विनोद थापा

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले स्वास्थ्य पेजले यसक्षेत्रको स्वास्थ्य पत्रकारितामा नमुनायोग्य काम गरेको बताए । उनले इभेन्ट वेसभन्दा पनि खोजमुलक मुद्दाहरुलाई पनि उठान गरेर स्वास्थ्य क्षेत्रको विकृति सुधारका निमित्त भूमिका निर्वाह गर्न सुझाव दिए ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका संस्थापक डा.सुरेश कुमार कनोडियाले स्वास्थ्य क्षेत्रको सूचना, समाचार र जानकारीका लागि स्वास्थ्य पेज निर्विकल्प न्यूज पोर्टल रहेको धारणा राखे । भेरी अस्पतालका निमित्त मेसु डा.कीर्तिपाल सुवेदीले पश्चिम नेपालको स्वास्थ्य पत्रकारितामा स्वास्थ्य पेज अव्वल रहेको बताए । उनले आगामी दिनमा स्वास्थ्य क्षेत्रभित्रका खोजमुलक स्टोरीहरु पनि लेख्न सुझाव दिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाही, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष शिला शर्मा, औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष जयदेव अवस्थी लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा यसक्षेत्रका वरिष्ठ चिकित्सक, प्रमुख कन्सल्टेन्ट, कन्सल्टेन्ट चिकित्सक, प्रोफेसर डाक्टर, विभिन्न पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु, जनस्वास्थ्यकर्मीहरु, स्वास्थ्य संग सरोकार राख्ने प्रतिनिधिहरु, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

स्वास्थ्य पेजका प्रकाशक प्रियास्मृति ढकालको सभापतित्वमा भएको कार्यक्रममा प्रदान सम्पादक नवीन गिरीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा कैद गरिएका केही तस्बिरहरु

 

  • २२ आश्विन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech