दशैंमा मासुको प्रयोग गर्दा ध्यान दिनुहोस यी कुरा

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०८१, मंगलवार

काठमाडौं: हिन्दु नेपालीहरूको ठूलो चाड बडादशैं सुरु भइसकेको छ । चाडबाडको यो समयमा धेरैजसोको घरमा मासुका विविध परिकारहरु पाक्ने गर्दछ । अन्य समयको तुलनमा दशै तिहारको समय आफ्नो स्वास्थ्यको ख्यालै नगरी विविध परिकारसँगै धेरैनै मासु खाने गरिन्छ । तर, यही हाम्रो बानीले हाम्रो स्वास्थ्य बिग्रन्छ र हामी बिरामी पछौं ।

दशैंमा हामीले खानपिनमा सामान्य ध्यान नदिँदा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडावान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा पनि उल्लेख्य वृद्धि हुन सक्छ । त्यसकारण, मासुको सावधानीपूर्ण र सन्तुलित प्रयोग आवश्यक छ ।

मासुमा सबभन्दा धेरै १४ प्रतिशतदेखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिन बि, पोटासियमजस्ता तत्वहरू पनि पाइन्छन् । शरीरका लागि यी अति आवश्यक तत्वहरू हुन् । सन्तुलित भोजनका लागि मासु अनिवार्य नै मानिन्छ । तर, सही प्रयोग नगरेको खण्डमा यसबाट प्राप्त हुने तत्वहरू पाउन सकिँदैन ।

राम्ररी, सुरक्षित ढंगले राख्न जानिएन भने मासुमा सुरुमै अनेक रोग उत्पन्न गराउने जिवाणुहरु उत्पन्न हुन्छन् । सुरक्षित ढंगले राखिएको मासु पनि विभिन्न शारीरिक अवस्था वा उमेरकाहरुले कस्तो, कसरी, कसरी खाने भन्ने कुरा अहम् हुन्छ ।

के कुरामा ध्यान दिने त ?

. पोलेको मासु सकेसम्म नखाने । किनकि पोलेको मासु राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना अत्यधीक हुन्छ ।

. राम्ररी पखालेको र पाकेको मासुमात्र खाने

. बोसो र छालारहित मासु प्रयोगमा जोड दिने

. अस्वस्थ्य तथा बिरामी पशुपन्छीको मासु नखाने

. मसला र तेलीय पदार्थ कम प्रयोग गर्ने

. बासी तथा खुल्ला स्थानमा राखेको मासु नखाने

. घरमा आफैंले मासु तयार पार्दा सरसफाइमा ध्यान दिने

. सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने

दसैँमा त पेटभरी मासु खाने हो भन्ने धारण अहिले पनि व्याप्त छ । शरीरको आवश्यकता भन्दा बढी मासुखाँदा स्वास्थ्य बिग्रने प्रायः निश्चित छ । चाडबाडको बेलामा खानपानमा ध्यान नदिँदा अस्पताल पुग्नुपर्ने अवस्था आउन सक्छ । नमिलाइकन खाएको खानपानले स्वास्थ्यमा असर गर्दछ । त्यसैले खानपानमा उचित ध्यान दिनु आवश्यक छ ।

  • २२ आश्विन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech