स्वास्थ्य क्षेत्र सुधार हुनेगरी काम गर्न मन्त्री सिंहको निर्देशन

    • स्वास्थ्य पेज

  • १८ आश्विन २०८१, शुक्रबार

जनकपुरः मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले मानव सूचकाङ्कको दृष्टिकोणले पछाडि रहेको मधेश स्वास्थ्य क्षेत्रका विभिन्न इन्डिकेटरमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन् ।

धनुषाको सपहीमा आयोजित आर्थिक वर्ष २०८०–८१ को सञ्चालित स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीको उदघाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा अझ पनि गरिब जनताको पहुँच हुन नसकेको भन्दै स्वास्थ्यसम्बन्धि प्रदान गरिने सेवामा गरिव जनताको पहुँच हुने किसिमले मन्त्रालयले कार्यक्रम तयार पारेको र त्यस्ता कार्यक्रमहरु कार्यान्वय इमान्दारितासाथ गर्न निर्देशन दिए।

अहिले बाढी पहिरोको समय भएको र यस समयमा विभिन्न खालका संक्रामक रोगहरु देखा पर्ने सम्भावना रहेकाले प्रदेशस्तरमा हामी सबै पूर्व तयारी अवस्थामा बस्नु पर्ने आवश्यकता रहेको बताए । उनले भर्खरको बाढी पहिरोबाट घाइते भएकाको उपचारमा प्रदेश स्तरबाट हुन सक्ने सहयोगमा कुनै प्रकारको कमी नहुन दिनका लागि अस्पतालका निर्देशकलाई आग्रह गरे ।

  • १८ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech