यसरी घरमै सफा बनाउन सकिन्छ दाँत 

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०८१, सोमबार

हामीले खाएका खानेकुराहरु दाँतले चपाउनु पर्ने भएकाले त्यसको केही अंशमा दाँतमै रहन्छ । कति खानेकुरा दाँतको चेपमा अल्झिएर बस्छ ।

यदि खानेकुरा खाएपछि राम्ररी मुख कुल्ला वा ब्रस नगर्दा त्यस्ता बस्तु दाँतभित्रै सड्न थाल्छ । यसैले दाँतमा संक्रमण हुन्छ । दाँत पहेंलो वा फोहोर हुन्छ । चुरोट, खैनी, मदिरा, गुट्खा, पान आदि सेवन गर्दा पनि त्यसले प्रत्यक्ष रुपमा दाँतलाई हानी गर्छ ।

दाँतलाई घरमै पनि सफा राख्नका लागि विभिन्न तरिकाहरु अपनाउन सकिन्छ यहाँ दाँत सफा गर्ने घरेलु उपायहरु दिइएको छ ।

यसरी घरमै सफा बनाउन सकिन्छ दाँत 

  • दाँत सफा राख्न, चम्किलो बनाउन, स्वस्थ्य एवं बलियो बनाउन अस्पताल नै धाउनुपर्छ भन्ने छैन । घरमै उपलब्ध सामग्रीको प्रयोगबाट पनि दाँत सफा राख्न सकिन्छ ।
  • घर आँगनमा पाइने तुलसीमा दाँतको पहेंलोपन हटाउने बिशेष क्षमता हुन्छ । यसले तपाईको दाँत तथा मुखको रोग पनि ठीक गर्छ । तुलसीको पात सुकाएर पाउडर बनाउने, त्यसलाई टुथपेस्टमा मिलाएर ब्रस गर्नुपर्छ ।
  • सुन्तलाको बोक्रा र तुलसीको पातको मिश्रण पनि उपयोगी हुन्छ । दुबैलाई सुखाएर पाउडर बनाउनु पर्छ । यही पेस्टले ब्रस गर्ने तथा दाँतमा मसाज गर्नुपर्छ ।  यसमा रहेको भिटामिन सि र क्याल्सियमले दाँत चम्किलो बनाउँछ ।
  • नीमको उपयोग प्राचिन कालबाटै दाँत सफा गर्नका लागि गरिन्थ्यो । नीमले दाँत सफा बनाउने र दाँतको व्याक्टेरिया नष्ट गर्ने क्षमता राख्छ ।
  • बेसार, नुन र तेलको मिश्रणबाट पनि दाँत सफा गर्न सकिन्छ । यसले गर्दा दाँत बलियो हुन्छ ।

  • १४ आश्विन २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech