जेष्ठ नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०८१, आईतवार

कोहलपुरः कोहलपुर नगरपालिका वडा नम्वर ११ स्थित प्रवुद्ध जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । जेष्ठ नागरिकलाई लक्षित गरी आँखा, मधुमेह र रक्तचाप सम्वन्धी निःशुल्क शिविर गरिएको हो ।

लायन्स क्लव सयपत्री क्लवको आयोजना, कौसिल्या अस्पताल प्रालिको प्राविधिक सहयोगमा गरिएको शिविर १४० जना जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गरिएको थियो । लायन्स क्लव सयपत्रीका अध्यक्ष सुर्वण खनालले जेष्ठ नागरिकहरुमा विभिन्न खाले स्वास्थ्य समस्या आउने भएकाले विशेषज्ञ चिकित्सककै उपस्थितिमा शिविर गरिएको जानकारी दिए ।

खनालकै अध्यक्षमा भएको शिविरमा लायन्सका सिनियर एक्जीक्युटिभ चिफ चिन्तामणी धितालले लायन्स क्लवले सामाजिक तथा मानवीय सेवाका कार्यक्रमहरु गर्दै आएको बताए । उनले कोहलपुर लायन्स क्लव सयपत्रीले गरेको सामाजिक कामको प्रशंसा समेत गरे ।

जेष्ठ नागरिकहरुमा हुन सक्ने सम्भावित स्वास्थ्य समस्याको पहिचान गरी उपचारमा सहजता ल्याउन शिविरले महत्वपूर्ण भूमिका निर्वाह गरेको कौसिल्या अस्पतालका व्यवस्थापक शंकर न्यौपानले बताए । कार्यक्रममा लायन्सकर्मी अञ्जना पाण्डे, तेज प्रसाद अधिकारी लगायतले शिविर उद्घाटका क्रममा आआफ्नो धारणा राखेका थिए ।

  • १३ आश्विन २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech