भेरीलाई शैक्षिक एकेडेमीका रुपमा विकास गरिने नवनियुक्त मेसु सुवेदीको प्रतिवद्धता

नवनियुक्त मेसु सुवदीलाई भेरीमा स्वागत


    • स्वास्थ्य पेज

  • ९ आश्विन २०८१, बुधबार

नेपालगन्जः भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले भेरी अस्पताललाई शैक्षिक एकेडमीका रुपमा विकास गरिने बताएका छन् ।

डा.सुवेदीको स्वागतमा आज भेरी अस्पतालले आयोजना गरेको स्वागत कार्यक्रममा उनले पश्चिम नेपालको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पताललाई शैक्षिक एकेडमीका रुपमा पनि विकास गरिने बताए ।

त्यसका लागि उनले तत्काल एमडी/एमसीएच (पिजी) अध्ययनका लागि पहल गरिने बताए ।

‘बिरामीको उपचार सेवालाई गुणस्तरीय र सहज बनाउने पाटो त छँदै छ उनले भने–‘भेरीमा अव पिजी अध्ययनका लागि पनि पहल हुन्छ ।’

उनले नेपाल सरकारले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता समेत जनाए । ‘भेरीमा कार्यरत रहँदासम्म मैले आफ्नो काम, कर्तव्य र जिम्मेवारी पूरा गर्नेछु’ उनले भने ।

अस्पताल सबै कर्मचारीको घर जस्तै भएकोे भन्दै सेवा गर्दासम्म सबै परिवारको सदस्य भएर काम गर्नु पर्नेमा उनले जोड दिए । अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र बहादुर शाहले नवनियुक्त मेसु डा. सुवेदीलाई प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सुझाव दिए ।

निमित्त मेसु डा.प्रकाश बहादुर थापाले अस्पतालको समग्र विकासका लागि भूमिका निर्वाह गर्न सुझाव दिए । सबैको सहकार्य र समन्वयबाटै अस्पतालको विकास सम्भव हुने र बिरामीले स्तरीय सेवा पाउने भएकाले त्यहीँअनुसारको भूमिका निर्वाह गर्न उनले सुझाए ।

अस्पताल विकास समितिका सदस्य किरण आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अस्पताल विकास समितिका पदाधिकारी, पूर्व मेसुहरु, अस्पतालका विभागिय प्रमुख, नर्सिङ प्रशासक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

 

  • ९ आश्विन २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech