गेटा अस्पतालमा मेमोग्राम सेवा सुरु

    • स्वास्थ्य पेज

  • २ आश्विन २०८१, बुधबार

नेपालगन्जः कैलालीमा रहेको गेटा अस्पतालमा स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम सेवा सुरु भएको छ। अस्पतालले सातामा दुई दिन सेवा दिने गरी मेमोग्राम सेवा सञ्चालनमा ल्याएको हो।

अस्पतालका निर्देशक डा विप्लव सापकोटाका अनुसार रेडियोलोजिष्ट डा होमप्रसाद पन्तले मेमोग्राम सेवा दिनेछन्। अस्पतालले सोमबार र बिहीबार उक्त सेवा दिने गरी कार्यतालिका बनाएको छ। आजबाट सेवा सञ्चालनमा ल्याएका छौं डा सापकोटाले भने-‘अब गेटामा सातामा दुई दिन मेमोग्राम सेवा नियमित रुपमा लिन सकिन्छ।’

चिकित्सकहरुका अनुसार मेमोग्राम स्तन क्यान्सरको समयमा नै पहिचान गर्ने उपयुक्त विधि हो। गेटामा पछिल्लो समय सेवाहरु थप हुँदै गइरहेको छ। अस्पतालमा गत महिनादेखि इनडोर सेवा सुरु भएको थियो।

डेढ महिना अघि अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको थियो। सेवा थप हुँदै गएपछि अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या पनि थपिँदै गएको छ। अस्पतालमा हाल दैनिक करिब ५० जना बिरामी सेवा लिन आउने गरेका छन्।

  • २ आश्विन २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech