लागु पदार्थ रोग हो, उपचार गरौंः रिकभरिङ नेपाल

    • स्वास्थ्य पेज

  • १ आश्विन २०८१, मंगलवार

नेपालगन्जः रिकभरिङ नेपालले लागु औषध नियन्त्रणका लागि विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । मंगलवार नेपालगन्जमा प्रदेश स्तरीय मिडिया सचेतिकरण कार्यक्रममा रिकभरिङ नेपालले लागु औषधका क्षेत्रमा संस्थाले गर्दै आएको कार्यक्रमबारे जानकारी गराएको हो । रिकभरिङले लागु औषधको रोकथाम, नियन्त्रण, सचेतना र ऐनमा भएका प्रावधान र संशोधनका सवालमा काम गर्दै आएको जनाएको छ ।

रिकभरिङ नेपालका फोकल पर्सन प्रविण विसीले लागु औषध नियन्त्रणका लागि कानुन संशोधनमा जोड दिए । उनले त्यसका लागि स्थानीय सरकारलाई पनि जिम्मेवार बनाउन आवश्यक रहेको बताए । रिकभरिङले लागु औषधमा फसेकाहरुको उपचार व्यवस्थापन र कानुनी उपचारमा समेत सहयोग गर्दै आएको विसीको भनाइ छ ।

यस्तै रिकभरिङ नेपालका लुम्विनी प्रदेश महासचिव यशोधा ज्ञवालीले लागु औषधमा फसेका व्यक्तिहरुको मानवअधिकारको सवालमा पर्ने काम गर्ने गरिएको बताइन् । उनले स्थानीय तहमा रहेका न्यायीक समितिसँग पनि समन्वय गरेर सम्वद्ध सरोकारवालाबीच छलफल गर्ने गरिएको बताइन् । जसका माध्यमबाट बढ्दो लागु औषधको प्रयोग रोक्नमा सहयोग पुग्ने उनको भनाइ छ । लागु औषध विरुद्धको समस्या समाधानका लागि विभिन्न तह र क्षेत्रसँग मिलेर काम गर्दै आएको पनि उनको भनाइ छ ।

यस्तै रिकभरिङ नेपालका लुम्विनी प्रदेशका अध्यक्ष इन्द्रा कुमारी जिसीले पनि बढ्दो लागु औषधको कारोवार र प्रयोग रोक्नका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिइन् । उनले ६ महिनाको अवधिमा रिकभरिङले गरेका कामहरुको बारेमा जानकारी दिइन् । लागु औषधमा फसेका व्यक्तिहरुलाई त्यहाँबाट मुक्त गराउन सकिने पहल, स्थानीय जनप्रतिनिधिसँग परामर्श लगायतका काम गर्ने गरिएको बताइन् । उनले लागु औषधलाई विश्व स्वास्थ्य संगठनले पनि लागु औषधलाई रोगका रुपमा उल्लेख गरिसकेकाले त्यहीअनुसारको उपचार जरुरी रहेको बताइन् ।

  • १ आश्विन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech