नेपालगन्जः नेपालगन्ज न्यूरो एण्ड जनरल हस्पिटलमा मिर्गौलाको उपचारसँगै डायलाइसिस सेवा सुरु भएको छ । मिर्गौला रोगका विरामीलाई छिटो छरितो र सहज सेवा दिने उद्देश्यले न्यूरो एण्ड जनरल हस्पिटलमा मिर्गौला रोग उपचार सेवा पनि सुरु गरिएको अस्पतालले जनाएको छ ।
नेफ्रोलोजिस्ट डा.सौरभ सिंह हमालका अनुसार न्यूरो एण्ड जनरल हस्पिटलमा अव दैनिक रुपमा डायलाइसिस सेवा प्रवाह हुने छन् । उनले भने -‘मिर्गौलाको चेकजाँच, परामर्श तथा डायलाइसिस सँगै किड्नी वायस्पी सेवा समेत प्रारम्भ भएको छ ।’
अस्पताल संचालक समेत रहेका न्यूरो सर्जन डा .जोशन न्यौपानेका अनुसार सम्पूर्ण रोगहरुको उपचार एउटै थलोबाट दिने उद्देश्यले अस्पतालले क्रमशः विशेषज्ञ सेवालाई विस्तार गर्दै लगेको छ ।