कोरोना संक्रमणबाट नेपालगन्जकी ३५ बर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७७, बुधबार

तस्विर : फाइल

नेपालगन्ज १४, असोज ।

कोरोना भाइरस संक्रमणबाट बुधवार बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-१ की ३५ बर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि ती महिला असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् ।
उनको त्यसैदिन कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । त्यसको भोलिपल्ट रिर्पोट पोजेटिभ आएपछि उनलाई कोभिड आइसोलेसन वार्डमा सारिएको थियो ।

उनको उपचारकै क्रममा आज दिउँसो सवा दुई बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।  उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, उनको दुवै फोक्सोमा निमोनिया भएको थियो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

  • १४ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech