नेपालगन्जः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खरिद र अनुदानमा प्राप्त स्वास्थ्य सामग्रीको विवरण सङ्कलन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ। मन्त्रालयलाई सुझाव दिन गठित कार्यदलको संयोजकमा प्रा.डा. नारायण विक्रम थापा छन् ।
यसैगरी, सदस्यहरूमा डा. श्रवण कुमार थापा, स्वास्थ्य मन्त्रालयका लेखा अधिकृत शालिकग्राम चौधरी, मन्त्रालयका कानुन अधिकृत सेना बहादुर श्रेष्ठ, र विष्णु बहादुर क्षेत्री छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सामग्रीको अभाव तथा खरिद गरेर पनि सदुपयोग हुन नसकेको अवस्था कम गर्न आवश्यक तथ्यांक र सुझावका लागि विज्ञ समिति गठन गर्न अग्रसरता लिएका छन् ।
कार्यदललाई विगत तीन वर्षमा मन्त्रालय र स्वास्थ्य सेवा विभागले खरिद गरेका स्वास्थ्य उपकरण तथा सामग्रीहरूको वितरण प्रक्रिया, हालको मौज्दात अवस्था र आगामी वितरण योजनाबारे विस्तृत अध्ययन गर्न भनिएको छ ।