मुटु र मिर्गौला शरीरका दुई महत्वपूर्ण अंग हुन् । तिनीहरूले स्वस्थ राख्न सँगै काम गर्छन् । जब एउटा प्रभावित हुन्छ, अर्को पनि हुन्छ । अर्को शब्दमा मुटुले मिर्गौलाको स्वास्थ्यलाई असर गर्न सक्छ ।
मुटुले के गर्छ ?
मुटु एक मांसपेशी हो, जसले अक्सिजनले भरिएको रगतलाई शरीरका सबै भागमा पम्प गर्छ । यसले शरीरभित्रको हरेक कोष, अंग र प्रणालीलाई जीवित राख्छ । शरीरको प्रत्येक भागमा रगत सञ्चार गर्न मुटु रक्तनलीहरूमा निर्भर हुन्छ । मुटु, रगत र रक्तनलीहरू मिलेर हृदय प्रणाली भनिन्छ । यसलाई वितरण प्रणालीको रूपमा लिन सकिन्छ । हृदयबाट रगतलाई शरीरभरि अक्सिजन र पोषक तत्व लैजान्छ र फोहोर उत्पादन पनि उठाउँछ ।
मिर्गौलाले के गर्छ ?
मिर्गौला दुई सिमी आकाराका अंग हुन् । मुट्ठीको आकारमा हुने मिर्गौला करङको अलि तल र मेरुदण्डको बायाँ र दायाँ अवस्थित हुन्छन् । मिर्गौला शक्तिशाली रासायनिक कारखाना हुन् । मिर्गौलाले शरीरका विकार पदार्थ र अतिरिक्त पानी बाहिर निकाल्ने, रक्तचाप नियन्त्रण गर्न मद्दत गर्ने, हड्डी स्वस्थ र बलियो राख्न मद्दत गर्छ ।
यसैगरी रातो रक्तकोषिका बनाउन मद्दत गर्ने, रगतमा खनिजहरूको सन्तुलन राख्ने काममा पनि मिर्गौलाले सहयोग गर्छ ।
मिर्गौला र मुटुले कसरी काम गर्छ ?
मुटुले अक्सिजनले भरिएको रगतलाई मिर्गौलालगायत शरीरका सबै भागमा पम्प गर्छ । मिर्गौलाले रगत सफा गर्छ, फोहोर उत्पादन र अतिरिक्त पानी हटाउँछ । मिर्गौला बिना रगतमा धेरै विकार पदार्थ र पानी हुनेछ । मुटु बिना मिर्गौलाले धेरै महत्त्वपूर्ण काम गर्न आवश्यक अक्सिजन भरिएको रगत पाउँदैन । मिर्गौलाको मद्दत बिना मुटुले धेरै काम गर्न सक्दैन ।
मुटुरोग र मिर्गौलारोगबीच सम्बन्ध
मिर्गौलारोग र हृदयरोगबीचको स्पष्ट सम्बन्ध बुझ्न आवश्यक छ । यो जान्न महत्त्वपूर्ण छ कि मिर्गौलारोगले हृदयरोगको सम्भावना देखाउँछ । हृदयरोग भएमा मिर्गौलामा पनि समस्या निम्त्याउन सक्छ ।
मुटु र मिर्गौला कसरी स्वस्थ राख्ने ?
मिर्गौला र मुटुको स्वास्थ्यलाई ठीक राख्न आफ्नो आहार र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ ।
-नियमित शारीरिक गतिविधि
-मोटोपन भए वजन कम गर्ने
-बोसोयुक्त खानेकुरा सकेसम्म कम खाने
-रक्तचाप, सुगर र कोलेस्टेरोल सन्तुलनमा राख्ने
-धुम्रपान नगर्ने
-तनाव धेरै नलिने
तसर्थ, हृदय र मिर्गौला एकअर्कामा निर्भर अंग हुन्, एकले अर्कोको स्वास्थ्य स्थिति सबल राख्न एकदम अहम् भूमिका खेल्छन् । स्वस्थ मुटु बिना मिर्गौला कहिले पनि स्वस्थ हुन सक्दैन भने जस्तै मुटुलाई अस्वस्थ हुन नदिन स्वस्थ मिर्गौला पनि अति आवश्यक हुन्छ ।