डा रविन खड्कालाई उत्कृष्ट निजामति पुरस्कार

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०८१, मंगलवार

नेपालगन्जः कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रविन खड्काले उत्कृष्ट निजामती पुरस्कार प्राप्त गरेका छन्। कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको छ।

डा खड्काले प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयमा बसेर गरेको कार्यको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको हो। पुरस्कारबाट आफूलाई हौसला मिलेको डा खड्काले बताएका छन्।

क्लिनिकल दक्षता थाती राखेर समग्रे स्वास्थ्य सेवाका लागि दिएको योगदानको मूल्याकंनका रुपमा यसलाई लिएको उनले उल्लेख गरेका हुन्।

भन्छन्, ‘क्लिनिकल दक्षतालाई करिब करिब तिलान्जली दिएर आफ्नो प्रदेश भनी लामो समयदेखी समग्र स्वास्थ्य क्षत्रमा बलबुताले सकेसम्मको दिएको सेवाको उच्च मूल्यांकन गर्दै प्रदेश स्थापना दिवसको उपलक्ष्यमा उत्कृस्ट निजामती पुरस्कारद्वारा सम्मान गर्नुभएकोमा कर्णाली प्रदेश सरकार र सम्पूर्ण सुभेच्छुहरुमा हार्दिक आभार।’

  • ४ भाद्र २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech