लुम्विनीमा संचालित अस्पताल र प्रयोगशालालाई दर्ता र नवीकरण गर्न आग्रह

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०८१, आईतवार

नेपालगन्जः लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले दर्ता नभएका अस्पताललाई तत्काल दर्ता गर्न आग्रह गरेको छ । लुम्बिनी प्रदेशभित्र सञ्चालित अस्पताल, पोलिक्लिनिकमा आधारित प्रयोगशाला, एकल प्रयोगशालालाई प्रचलित कानुन बमोजिम दर्ता र नविकरण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आग्रह गरेको हो। प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आज एक सुचना जारी गर्दै नवीकरण नगरी सञ्चालनमा रहेका संस्थाहरु यथाशिघ्र दर्ता तथा नवीकरणको प्रक्रियामा आउन भनेको छ ।

‘यस प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट सी समुहको प्रयोगशालाहरुको दर्ता तथा नवीकरण सम्बन्धी कार्य भैरहेको छ। प्रयोगशालाको दर्ता र नवीकरण नगराई संचालनमा रहेका प्रयोगशाला तथा अनाधिकृत रुपमा अस्पताल, फार्मेसी, क्लिनिक, डायग्नोष्टिक सेन्टर जस्ता स्थानहरुबाट नमुना संकलन गरि अन्यत्र लगेर परिक्षण गराई रिपोर्टहरु दिने कार्य तत्काल बन्द गर्नु गराउनुहुन सबैमा अनुरोध छ,’ सुचनामा भनिएको छ ।

त्यसैगरी,गैरकानुनी रुपमा सञ्चालन गरेको पाइएमा नियमानुसार कारवाही हुने व्यहोरा समेत सुचित गरिन्छ। साथै सम्पूर्ण सेवाग्राहीहरुले सेवा लिदा प्रयोगशाला संचालन अनुमति प्राप्त प्रयोगशालाहरुबाट मात्र सेवा लिनुहुन सुचनामा उल्लेख छ ।

  • २७ श्रावण २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech